कपिलबस्तु, फागुन ९ । हाम्रो संविधानमा सर्वभौमसत्ता नेपाली जनतामा निहित रहने हुनले जनतालाई मालिक मानेर जनताको सेवा र सुरक्षामा हामी सवै नै तल्लिन रहनु पर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताउनुभएको छ ।
कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालयको उद्घाटन गर्दै उहाँले संघीय, लोकतान्त्रिक र गणतन्त्रको शासन व्यवस्थामा मुलुकको मालिक जनता नै रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो “हामीले आफ्नो दायित्व निर्वाह गर्ने क्रममा सबै नेपाली जनताको सम्मान गर्नु पर्छ ।”
कोभिडको महामरी अनियन्त्रित रुपमा नेपालमा नफैलियोस र यसलाई नियन्त्रण गर्न आफ्नो जिवनको प्रवाह नगरी नेपालका सुरक्षाकर्मीहरुले फ्रन्टलाइनमा बसेर काम गरेको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी र नेपाल प्रहरीले निर्वाह गरिरहेका भुमिका सरहनिय रहेको गृहमन्त्री खाँणले बताउनुभयो ।
सशस्त्र प्रहरीका अधिकृत र जवानको लामो समयदेखि रोकिएको वृत्तिविकास सञ्चालन गर्ने तयारीमा सरकार रहेको उहाँले बताउनुभयो । लामो समय सशस्त्र प्रहरी बलमा सेवा गरेर अवकाश भई घर फर्किदा समाज र परिवारमा कसरी सम्मानित बनाउन सकिन्छ भन्ने विषयमा सरकारले पनि ध्यान दिइरहेको उहाँको भनाइ छ । मुलुकको सुरक्षाका निम्ति सुरक्षाकर्मीहरुले आफ्नो सम्पूर्ण प्रयत्न गर्नु पर्ने गृहमन्त्री खाँणले बताउनुभयो ।
उहाँले भन्नुभयो अन्र्तराष्ट्रिय परिवेशले हाम्रो मुलुकको सुरक्षालाई पनि गम्भिर प्रभाव पर्छ । ” विश्व राजनितिमा आएको परिवर्तन र कहिले कहि हुने अन्य मुलुकको युद्ध र द्धान्द्धले विश्वभरी नै गम्भिर प्रभाव परेको उहाँले बताउनुभयो । अहिले पनि विश्वको केही भुभागमा भइरहेको आशान्ति र द्धान्द्धले नेपालको पेट्रोलियम पदार्थको मुल्यमा बृद्धि भइरहेको समेत उहाँले बताउनुभयो । पेट्रोलियम पदार्थमा भइरहेको मुल्य बृद्धिका कारणले दैनिक जिवनयापनमा समेत असर परेको उहाँको भनाई छ ।
राष्ट्र, राष्ट्रिय अखण्डताको रक्षा गर्न सशस्त्र प्रहरी सधैँ तत्पर रहेकोसशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बताउनुभयो । सीमा क्षेत्रमा शान्ति सुरक्षाको विश्वसनीय वातावरण बनाउनु थप बोर्डर आउट पोष्ट स्थापना गर्नुपर्ने बताउनुभयो । लुम्बिनी प्रदेशमा ४१ विओपी स्थापना भइसकेको र चालु आर्थिक वर्षमा १७ थप गरिने तयारी भएको उहाँले बताउनुभयो ।
कुल ५० बिगाहा क्षेत्रफलमा फैलिएको मुख्यालयले लुम्बिनी प्रदेशका १२ जिल्लामा रहेका युनिटहरू रहेको सशस्त्र प्रहरी नायव महानिरीक्षक कुलबहादुर नेम्वाङले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा सङ्घीय संसद् अभिशेष प्रताप शाह, नेपाली काँग्रेस लुम्बिनी संसदीय दलका नेता विरेन्द्र कुमार कनोडिया, प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डे लगायतको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !