साझा न्यूज । संवाददाता
तौलिहवा, चैत्र १० । कपिलबस्तुको यशोधरा गाँउपालिका ७ मा सञ्चालित सागारमाथा र चाँद आत्म निर्भर समुहमा यशोधरा गाँउपालिकाका कर्मचारी, पदाधिकारी र पत्रकारद्धारा अनुगमन गरिएको छ । दलित समाजिक विकास केन्द्र र युनाइटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा सञ्चालित हाम्रो पँहुच परियोजनाको संयुक्त अनुगमन गरिएको हो ।
उक्त आत्मनिर्भर समुहमा सहभागि महिलाहरुले हामी समुहमा अबद्ध भएदेखि हामीलाई धेरै विषयको बारेमा ज्ञान भएको बताए । उहाँहरुले समुहमा अबद्ध हुनु पुर्व हामीलाई आफ्नो सामाजिक, आर्थिक र राजनैतिक अधिकार लगायतको विषयमा जानकारी भएको बताए ।
समुहमा सहभागि महिलाहरुले साप्ताहिक बचत, व्यवसायीक खेती, बाख्रा पालन र हाम्रो पँहुच परियोजनाद्धारा सञ्चालित विभिन्न किसिमका तालिममा सहभागि भएको बताएका थिए । समूहमा सहभागि महिलाहरुले टोल छिमेक सरसफाई गर्ने तथा बच्चाहरुलाई विद्यालय पुर्याउने र बाल विवाह नगर्ने समेत समूहबाट जानकारी पाएको बताए ।
तपाईको प्रतिक्रिया !