कपिलवस्तु चैत १६
लामो समय सम्म गाउंब्लक समस्यामा रही जग्गा धनी प्रमाण पत्र नपाएका शुद्धोधन गाउंपालिका वडा नं ६ का ८२ घरधुरीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ । भुमी व्यवस्था तथा सहकारी तथा गरिवी निवारण मन्त्री शसि श्रेष्ठले लवनीमा आयोजित कार्यक्रममा लालपुर्जा वितरण गरिन कार्यक्रममा वोल्दै मन्त्री श्रेष्ठले वर्तमान सरकार संविधानको रक्षा गर्न र संविधानमा भएका व्यवस्था अनुसार काम गर्न बनेको बताइ्न ।
साथै उनले कर्मचारीहरु र जनप्रतिनिधी मिलेर नतिजामा आधारीत भएर काम गर्नु पर्ने बताइन् । सधै सबैलाई भष्टचारी, काम नगर्ने दलको सूचीमा राख्ने जस्ता आरोप लाग्ने र त्यसै तर्फ सबैको नजर पर्ने गर्दा धेरै उल्लेखनिय कार्य नभएको बताइन । साथै मन्त्री श्रेष्ठले जनतालाई तत्कालै फाइदा पुग्ने र रोजगारी सिर्जना हुने कार्यक्रमहरु वनाउने र भू उपयोगको सही तरिकाले सदुपयोग गर्न सक्ने निति आवश्यक भएको बताइन् ।
कार्यक्रममा मन्त्रालयका सचिव राम प्रसाद थपलियाले जन चाहना अनुसार छिटो छरीतो कर्मचारीहरु वाट सो प्रवाह र विश्वास जितेर काम गर्न आग्रह गरे । साथै कार्यक्रममा शुद्धोधन गाउंपालिकाका अध्यक्ष निसार अंहमद खांले विगत २०२१ साल देखीको गाउंब्लक समस्या भर्खर समस्या समाधान हुन लागेको बताए । एक गाउं र वडा नभई १ वर्ष भरी सबै पालिका र जिल्लावाट यो समस्या समाधान गर्न आग्रह गरे साथ ैसुकुम्वासीका समस्या पनि सरकारले तत्काल सममाधान गर्नु पर्ने बताए ।
कपिलवस्तुमा २०२६ साल वाट सूरु गरिएको गाउब्लक जग्गा २०२८ मा समान्य नापी गरिएको थियो । त्यसपछि २०६५ वाट यसले निरन्रता पाएको छ । हाल सम्म जिल्लामा सविकका ८१ गाविस वाट १०९३ गाउंब्लक र ६७ बजार ब्लक रहेको छ । हाल सम्म १०८६ गाउंब्ललको नापनक्सा कार्य सम्पन्न भएको छ भने २५९ वटा गाउंब्ललको ६७६८ थान पुर्जा वितरण कार्य सम्पन्न भएको जिल्ला नापी कार्यालयमा प्रमुख कैलाशनाथ पाण्डेयले बताए । नापी विभागका महानिर्देशक प्रकाश जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेय,गाउंपालिका उपाध्यक्ष सुधादेवी पाण्डेय, उप महानिदैशक शुसिल ढगोल , गाउंपालिकाका प्रमुख प्रकासकीय अधिकृत ऋषिराम पन्थी , मालपोत कार्यालय तौलिहवाका प्रमुख ऋषिराम पौडेललको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया !