कपिलवस्तु २२ चैत
कपिलवस्तु नगरपालिकाले वडा नम्बर ३ ले वडा भित्र रहेको १ सय ६ पुर्व राष्ट्रसेवकलाई सम्मान गरेको छ । सेवा निबृत्त कर्मचारी, शिक्षक, महिला स्वयमसेविका गरी १ सय ६ जनालाई राष्ट्र र वडाको विकासमा खेलको भुमिकाको कदर गर्दै उनीहरुलाई सम्मानित गरिएको हो ।
मेयर किरण सिंह र उप मेयर लक्ष्मी गुप्ता, वडाध्यक्ष प्रकाश गैरेले उनीहरुलाई गम्छा ओढाई टिका लगाई कदर पत्र प्रदान गरेका थिए । सो अवसरमा मेयर सिंहले देश र नगरको विकासकालागि लामो सयम खर्चेर सेवा निबृत्त भएकाहरुलाई संम्मान गर्नु गौरवका कुरा भएको बताए । ‘ पुर्व राष्ट्र सेवकको सम्मान गर्न पाउनु पनि गौरवको कुरा हो ’ उनले भने । उनले सबैले मिलेर नगरकोे विकास गर्नु पर्ने बताए । सो अवसरमा उप मेयर गुप्ताले पुर्व राष्ट्र सेवकहरुलाई वडा नम्बर ३ ले सम्मान गरेर राम्रो काम गरेको भन्दै प्रशंसा गरिन । उनले यस्तो कार्यक्रम सबै वडा सहीत नगरपालिकाले समेत गनू पर्ने बताईन ।
कार्यक्रममा वडाध्यक्ष गैरेले पुर्व राष्ट्र सेवकलाई सम्मान गर्र्न पाएकोमा आफुलाई निकै राम्रो लागेको बताए । उनले यस्ता कार्यक्रमले उनीहरुको उत्साह र हौसला बढने बताए । वडाध्यक्ष गैरको अध्यक्षता, बरिष्ठ सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठको संचालन र जुनु श्रेष्ठको स्वागत मन्तब्यमा भएको कार्यक्रममा प्रमुख प्रशाकीय अधिकृत शेषकान्त पौडेल, नगर शिक्षा शाखाका प्रमुख हरि पूसाद ज्ञवाली, पुर्व शिक्षक बेचनलाल श्रीवास्तव, पुर्व कर्मचारी रामदेव मिश्रा लागतयले मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !