कपिलवस्तु कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले निर्वाचन आचारसंहिता लागु हुनु पूर्व नै आफूले चढ्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । उनले लु१ झ३९८ नम्बरको सतो प्लेटको स्कारपियो नगरपालिकालाई फिर्ता गरेका हुन् ।
स्थानीय तहको निर्वाचन घोषणा भई सेकेको अवस्थामा आफूले सरकारी सेवाका दुरुपयोग हुन नदिन प्रमुख प्रशाकीय अधिकृत रामचन्द्र ढकाललाई गाडी बुझाएको प्रमुख शाहले बताए । ‘निर्वाचन घोषणा भईसकेको छ, आचासंहीत पनि लागु हुने बेला भएको छ, त्यसैले सरकारी सेवाको दुरुपयोग हुन नदिन मैले गाडी फिर्ता गरेका हुँ’, उनले भने ।
यस्तै उनले २०७८ चैत र २०७९ वैशाख महिनाको तलब भत्ता लगायतका सुबिधा समेत नलिने संचारकर्मीसंग घोषणा गरेका छन् । ‘अब मैले तलब भत्ता लगायतका कुनै पनि सरकारी सेवा सुबिधा लिन्न’ उनले भने । स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवार उनले चार हजरा बढी मत अन्नतरल नगर प्रमुख निर्वाचित भएका थिए । केही महिना पहिले मात्र उनी कांग्रेसमा प्रवेश गरेका थिए ।
नगर प्रमुखमा फेरी लड्न चाहेका उनले पार्टी टिकट दिए उम्मेदवार बन्ने बताए । गत आइतबार प्रमुख शाहले अफिस समयमा नगरपालिका पुगेर सेतो प्लेटको स्कारपियो गाडी फिर्ता गरेको नगर पालिकायोजना शाखा प्रमुख साकिर अहमद शाहले बताए ।
अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने शाहले जानकारी दिए । स्थानीय निर्वाचन २०७८ को आचारसंहिता लागेसंगै जनप्रतिनिधिहरुले लिने सेवासुबिधामा रोक लाग्ने भएकाले जिल्लामै पहिलो स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन्।
तपाईको प्रतिक्रिया !