कपिलवस्तु ३० चैत
जग्गाको लिखत पारित शतबार्षिकीको अवसरमा भुमी सुधार तथा मालपोत कार्यालय कपिलवस्तुले बिभिन्न कार्यक्रम गरी मनाएको छ । तौलिहवा स्थित मालपोत कार्यालयमा सरसफाई तथा ज्येष्ठ लेखापढी ब्यवसायीलाई सम्मानित गरिएको छ ।
बिक्रम सम्बत १९७९ बैशाख १ गते जग्गा लिखित रजिस्ट्रृेशन गर्ने कार्यको शुभारम्भ गरिएको थियो । त्यही पारित भएको सय बर्ष भएको उपलक्ष्यमा ३ दिन बिभिन्न कार्यक्रम गरी मनाइने भुमि सुधार तथा मालपोत कार्यालय तौलिहवा प्रमुख रिषी पौडेलले बताए । बुधवार मालपोत कार्यालयका कर्मचारीहरुले कार्यालय परिसर भित्र सरसफाई गरेका थिए ।
उनीहरुले कार्यालय भित्र रहेका फोहर संकलन गरी जलाएका थिए भने धलो र फोहरलाई कुचोले बढालेका थिए । यस्तै ८४ बर्षिय लेखापढी ब्यवसायी दिनानाथ मिश्रालाई टीका लगाई फुल दिई दोसल्ला ओढाएर प्रमुख पौडेलले सम्मानित गरेका थिए । यस्तै लेखापढी ब्यवसायी मिश्रालाई लेखापढी तथा कानुन ब्यवसायी एशोसियशन कपिलवस्तु अध्यक्ष बिष्णु मुराउले माला र गम्छा ओढाएर सम्मानित गरेका थिए ।
यस्तै ३ दिन सम्म साझ दिप प्रज्वलन गर्ने प्रचारप्रसार र बैशाख २ गते मालपोतमा सेवा लिन आउने प्रथम सेवाग्राहीलाई समेत सम्मानित गर्ने कार्यक्रम रहेको प्रमुख पौडेलले बताए ।
तपाईको प्रतिक्रिया !