कपिलवस्तु ३० चैत
नेपाल परिवार नियोजन संघ कपिलवस्तु शाखाको १८ औ साधारण सभा कपिलवस्तुको तौलिहवामा संपन्न गरिएको छ । संघको कार्यालयमा आयोजित कार्यक्रमको उदघाटन गर्दै समाजसेबी तथा जग्गादाताका परिवारका सदस्य नारायण बहादुर सिंहले जग्गादाताका परिवारलाई सम्मानित गरेकोमा धन्याबाद दिए । उनले संघको सफलताको कामना गर्दै अगामी दिनमा समेत संघलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा संघका सचिव निरज कर्णले प्रगति र कोषाध्यक्ष बिजय लक्ष्मी सिंहले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिईन । कार्यक्रममा जग्गा दाता महेन्द्र कार्की र जग्गा दाता परिवारका सदस्य बिजय लक्ष्मी सिंहलाई सम्मानित गरिएको थियो । संघको भवन बनाउन कपिलवस्तु नगरपालिकाले ८ लाख दिएको र प्रदेश मन्त्री रिना नेपालको पहलबाट ६ लाख प्राप्त भएको संधका अध्यक्ष खग प्रसाद चपागाईले बताए ।
उनले संघ देखि मुलबाटो सम्म जाने सडक निर्माणका लागि मन्त्री सहसराम यादवको पहलमा १५ लाख बजेट बिनियोजन भएको बताए । सघका अध्यक्ष चापागाईको अध्यक्षता, कमला सापकोटाको संचालनमा भएको कार्यक्रममा नेपाल बार एशोशियशनका जिल्ला अध्यक्ष हुम बहादुर कुवर, पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य , लुम्बिनी विकास कोषका पुर्व सदस्य राजेश ज्ञवाली र संघका उपाध्यक्ष कृष्ण कुमार केसी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !