कपिलबस्तु। कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदीप पौडेल सहित एक सय भन्दा बढी ब्यक्ति समाजबादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।
जसपा नेपाल कपिलबस्तु जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।
वडाध्यक्ष पौडेललाई लुम्बिनी प्रदेशका भौतिक पूर्वधार मन्त्री सहसराम यादवले टीका लगाई पार्टी गराउनु भएको हो । पौडेल पुर्व मन्त्री बृजेश कुमार गुप्ता सहित चैत्र १४ गते नेपाल कम्युनिष्ट पार्टी एमालेमा प्रवेश गरेका थिए । कपिलवस्तु नगरपालिकाको मेयर पदका आकाङ्क्षी वडाध्यक्ष पौडेल एमालेले धोका दिने सम्भावना भएपछि जसपा प्रवेश गरेका हुन्।
पार्टी प्रबेश कार्यक्रममा निकै भावुक बनेका नेता पौडेलले आखाँभरि आसु झार्दै भने ‘ नेता बृजेश कुमार गुप्तासैगै २८ वर्ष काम गरे अहिले छोडदा निकै नरमाइलो लागी रहेको छ ’ । ’ मेरो मुल्यांकन भएन र मलाई उचित स्थान दिइएन् त्यसैले म अब देख जनता समाजबादी पार्टीमा लागे ’ उनले गहभरी आशु झार्दै भने । आफु अब जनता समाजबादी पार्टी प्रति प्रतिबद्ध रहेको र तन मनले पार्टीको विकासमा लाग्ने प्रतिबद्धता ब्यक्त गरे । पार्टी प्रवेश गरे संगै कपिलवस्तु नगरपालिकाको मेयर पदका लागि पौडेलको जसपाबाट टिकट पक्का भएको छ।
पार्टी प्रबेश कार्यक्रम जसपाका प्रदेश संयोजक दान बहादुर चौधरी, बजरंगी चौधरी, शिवलाल यादव, राम नेवास यादव, साधिका यादव, ईरफान खान, सन्तोष कुमार पाण्डेय, सिताराम यादव, जुबेर अहमद खाँ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम जिल्ला अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षतामा भएको थियो ।
तपाईको प्रतिक्रिया !