कपिलवस्तुको विजयनगर गाउँपालिमा कर्मचारीले जनप्रतिनिधि लाई सम्मान तथा विदाई गरेका छन् । स्थानीय तहको निर्वाचन नजिकिए सँगै २०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूलाई कर्मचारीले पालिकाको विकासमा सहयोग गरेको भन्दै सम्मान पत्रले सम्मान गरेका हुन् । कार्यक्रममा बोल्दै विजयनगर गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले ५ वर्षको अवधिमा विवादरहित पालिकाको रूपमा चिनाउन सफल भएकोमा सम्पूर्ण कर्मचारीहरूलाई धन्यवाद दिनुभयो । कार्यक्रममा थापाले कतिपय पालिकाका जनप्रतिनिधिहरू विकासको वाधक भएको उदाहरण दिँदै विजयनगरमा त्यस्तो नभएकोमा खुसि व्यक्त गर्नुभयो । थापाले पालिकाले गरेका विकासका कामको बारेमा खुलेर चर्चा गर्नुभयो ।
५ वर्ष अघिको विजयनगर अहिलेको विजयनगर तुलना गर्न आग्रह गर्नुभयो । ‘गाउँ पुग्ने र गाउँ भित्रका गल्लीहरू आरसिसी,पक्की लगायतका काम भइरहेको छ, थापा भन्नुभयो ‘गाउँ पुग्ने सडक समेत नभएका ठाउँहरूमा अहिले पक्की बाटो पुगेको छ, ।
कोभिडको बेला पालिकाले विद्यालयहरू क्वारेनटाइन तथा आइसलेसनको रूपमा प्रयोग गरेर नागरिकहरूलाई सहज वातावरण सिर्जना गरेको बताउनुभयो ।स्वास्थ्य चौकीका भवनहरू निर्माण गरेर वर्थिङ सेन्टर,आर्वेद औषधालय लगायत अस्पतालहरू सञ्चालनमा रहेको बताउनुभयो । १५ शैयाको अस्पतालको निर्माणको काम केही दिनमै सुरु हुने उहाँले बताउनुभयो । अस्पताल निर्माण पश्चात् बुटवल,भैरहवा, लगायतका ठाउँमा उपचारको लागि जाने बाध्यता हट्ने थापाले बताउनुभयो ।
त्यसै कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले विगत ५ वर्षको अवधिमा उल्लेखनीय काम गरेकोमा सम्पुर्ण कर्मचारी धन्यवाद दिनुभयो। हामि जनप्रतिनिधि कर्मचारीले गर्दा हामिले विकाशमा जित हासिल गरेको छौ भन्दै खुसी व्यक्त गर्नुभयो । गाउपालिकामा जनप्रनिधिहरुलाई सम्मान पत्र,दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा दिनेश चौधरी , बुद्धिराम अर्याल लगायतले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य हरिहर बेल्वासे गर्नु भएको थियो कार्यक्रम सन्चालन गोविन्द भट्टराईले गर्नु भएको थियो।
तपाईको प्रतिक्रिया !