कपिलवस्तुको कृष्णनगर नगरपालिकाको मेयर पदको लागी पुन रजत प्रताप शाह नै दोहोरिने बुझिएको छ । २०७४ को स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर मेयर बनेका शाह यस पटक भने नेपाली काँग्रेसबाट उम्मेदवारी दिएर चुनाव लड्ने तयारीमा रहेका छन । शाह मेयर पदका बलिया दाबेदारका रुपमा रहेको स्थानियको बुझाइ छ ।
स्वतन्त्र उम्मेदवारीबाट मेयर बनेका शाहले आफ्नो कार्यकालमा कृष्णनगरको सबै क्षेत्रको विकास लागी देखाएको तत्परता र विकासले यस पटक पनि उनको जित निश्चित रहेको नगरबासीहरुले बताएका छन । नगरपालिकामा विकास निर्माणको काममा विभिन्न दलका जनप्रतिनिधी समय समयमा अवरोध गर्दै आएको भए पनि नगरको समग्र विकासमा शाहले उल्लेख्य काम गरेको स्थानियले बताएका छन ।
आफ्नो ५ बर्षे कार्यकालमा सुरुको अवधीमा निति निर्माणमा नै समय वितेको ,विकास निर्माण आएका बाधा अवरोध र कोरोनाको महामारीले आफूले सोचे जस्तो काम गर्न नपाएको शाहले बताएका छन । “ काम गर्ने सिलसिलमा सुरुमा निति निर्माणमा नै हामी अल्झियौं, विकास निर्माण सुरु गर्दै गर्दा थुप्रै बाधा अवरोध आए, म कुनै पार्टिबाट चुनाव नजितेको कारण धेरै कुरामा अवरोध सिर्जना भयो, विचमा कोरोनाका कारण धेरै कामहरु रोकिए, तर पनि केहि उपलब्धी भने हासिल गरेका छौं ” शाहले भन्नु भयो ।
कृष्णनगरको समृद्धिका अझै थुप्रै कामहरु बाकी रहेकाले आफु अहिले नेपाली काँग्रेसबाट मेयर पदको उम्मेदवार भई चुनाव लड्ने तयारीमा रहेको शाहले बताउनु भयो । शिक्षा, स्वास्थ्य, पिउने पानी , सडक लगायत क्षेत्रमा सुरु गरेका कामहरु पुरा गर्नु पर्ने दायित्व आफ्नै भएका कारण पनि आफु पुन मेयर पदका लागी दावेदार रहेको उहाँले बताउनु भयो । कृष्णनगर नगरपालिकाको विकासको लागी नगरबासीले समेत आफुलाई पुन साथ दिने उहाँले विश्वास व्यक्त गर्नु भयो ।
तपाईको प्रतिक्रिया !