मेयरका आकांक्षी कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताले दिइन राजीनामा

कपिलवस्तु आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन ईच्छुक रहेको भन्दै कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ताले पदबाट राजीनामा दिएकी छिन । निर्वाचन आयोगलले चुनावमा लडन बाहालवाला जन प्रतनिधिहरुले अनिवार्य पदबाट राजीनामा दिनु पर्ने नियम बनाए पछि उनले सो राजीनमा दिएकी हुन ।

उनले मेयर किरण सिंहलाई गत बैशाख ८ गते राजीनामा दिएकी हुन । मेयर सिंहले बैशाख ९ गते देखि लागु हुने गरी राजीनामा स्बिकृत गरेका हुन । नगरको समग्र विकास र परिवर्तनकालागि आफु मेयरमा लडन चाहेको उनले बताईन । कांग्रेसबाट मेयरमा टिकट पाएको चर्चा चले पनि अझै सम्म कांग्रेसले आधिकारिक निणर्य भने गरेका छैन ।

तर कांग्रेसका अधिकांस नेताहरुले लक्ष्मी गुप्ताले मेयरको टिकट पाउने दाबी गरेका छन । कांग्रेसको उप मेयरको टिकट कसले पाउनछ त्यो भने अझै स्पष्ट हुन सकेको छैन । प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, राजेश ज्ञवाली मध्ये एक जनाले मेयरको टिकट पाउने कांग्रेस नेताहरु बताउछन । अब कपिलवस्तु नगरपालिकामा कांग्रेस। एमाले र जनता समाजवादी पार्टी नेपाल बिच प्रतिस्पर्धा हुने मतदाताहरु बताउन ।

प्रतिक्रिया
संबन्धित समाचार