कपिलवस्तु, बैशाख २३ गते। कपिलवस्तुको अति नै पछाडि परेका पालिका विजयनगर गाउँ पालिका थियो तर पछिल्ला ५ बर्षमा निवर्तमान पालिका अध्यक्ष गोपाल बहादुर थापाको नेतृत्वमा धेरै परिवर्तन भइसकेको छ। हालको अवस्थालाई हेर्दा तुलनात्मक रूपमा धेरै बिकास भएको छ। पालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी र बाटोघाटोलाई प्राथमिकता राखी बिकासत्मक कार्यहरू हुदै आएको छ।
विजयनगरमा स्वास्थ्य क्षेत्रलाई अझै सशक्त सुविधा सहित सबैको पहुँचमा ल्याउनलाई गरिएका प्रयासहरु बिस्तारै बिस्तारै कार्यन्वयनमा आइरहेका छन्। अहिले विजयनगरमा १५ सैयाको अस्पताल निर्माण हुने भएको छ।
थापा भन्नुहुन्छ ” २ बर्ष लगातार गरेका मिहिनेत पछि बिजयनगरमम सुबिधा सम्पन्न १५ सैयाको हस्पिटल निर्माण हुने भएको छ। यो सुविधा सम्पन्न हास्पिटल निर्माणले पालिकामा स्वास्थ्य सम्बन्धी समस्या समाधान हुनेछ।”
१५ सैयाको अस्पताल निर्माणको लागि १८ करोड १६ लाख ७१ हजार रुपैयाँ विनियोजन भइ सम्झौता भइसकेको र २०८१ असार मसान्त भित्र निर्माण सम्पन्न हुनेछ भनी पालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनु भएका हुन्।”
तपाईको प्रतिक्रिया !