कपिलवस्तुको विजयनगर गाउँ पालिकाको वडा नम्बर ३ को वडाध्यक्षमा जनता सामाजवादी पार्टी जसपाका हृदय विकास चौधरी प्यानल सहित निर्वाचित भएका छन् । वडा नम्बर ३मा वडाध्यक्ष पदका सबै उम्मेदवारलाई पछाडि पार्दै चौधरीले ८४१मत ल्याई बिजयी भएका छन् ।
वडाको गणना सुरुवात देखि नै अग्रता बढाउँदै गएका चौधरी अन्तिम मत परिणाम आउँदासम्म अग्रस्थानमै रहे । युवा, मेहनती र समाज विकासमा सदैव समर्पित भई काम गर्ने हुँदा जीत हासिल गरेका छन्।
तपाईको प्रतिक्रिया !