सञ्चार मन्त्रालयको बजेट आठ अर्ब ५९ करोड

sf7df8f}F, !% h]7 M cy{dGqL zdf{åf/f ah]6 jfrg ;’? cy{dGqL hgfb{g zdf{ k|ltlglw;efsf] cfOtaf/sf] a}7sdf cfj )&(÷*) ah]6 k|:t’t ub}{ . tl:a/M /Tg >]i7÷/f;;

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आठ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।

सरकारले ‘साइबर सुरक्षाको सुनिश्चिता स् २१औँ शताब्दीको आवश्यकता’ कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।

अर्थमन्त्री शर्माले हुलाका सेवालाई आधुनिकीकरण गरी विश्वसनीय बनाउन पुनर्संरचना गरिने पनि जनाए । सर्वसुलभ बनाउन इन्टरनेट शुल्क घटाउने सरकारको तयारी भएको उनले बताए ।
यस्तै, रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच सय प्रतिशत पुर्‍याइने उनले बताए ।

प्रतिक्रिया
संबन्धित समाचार