सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आठ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आइतबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिए ।
सरकारले ‘साइबर सुरक्षाको सुनिश्चिता स् २१औँ शताब्दीको आवश्यकता’ कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।
अर्थमन्त्री शर्माले हुलाका सेवालाई आधुनिकीकरण गरी विश्वसनीय बनाउन पुनर्संरचना गरिने पनि जनाए । सर्वसुलभ बनाउन इन्टरनेट शुल्क घटाउने सरकारको तयारी भएको उनले बताए ।
यस्तै, रेडियो नेपाल र नेपाल टेलिभिजनको पहुँच सय प्रतिशत पुर्याइने उनले बताए ।
तपाईको प्रतिक्रिया !