रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरनापुरमा फलामे पुल निर्माण गरिएको छ ।
बुधवार गाउँपालिका अध्यक्ष ध्रुवनारायण चौधरी, वडा नम्बर ३ का वडाअध्यक्ष मोहम्मद रफिक खाँ लगायतले संयुक्त रुपमा गाउँपालिकाको वडा नम्बर ३ र ४ लाई जोड्ने खडवा खोला माथी निर्माण गरिएको पुल उद्घाटन गरेका छन् ।
खोलामा पुल नहुदाँ नागरिकहरु खोलामै पसेर आउजाउ गर्न बाध्य थिए । तर, बुधवार फलामे (ट्रस्ट) पुलको उद्घाटन भएपछि नागरिकहरु हर्षित छन् ।
‘पुल नहुदाँ आउजाउ गर्न साह्रै समस्या थियो, जान परेपनि खोलामा पसेर जानुपर्ने नभए घुमाउँरो बाटो हुदै जानुपर्थो’ मायादेवी गापा- ३ का गोरख हरिजनले भने, ‘तर, अब पुल बन्यो यो हाम्रो लागि धेरै खुशी क्षण हो ।’
गापाको वडा नम्बर ३ र लुम्बिनी प्रदेशको साढे २९ लाख संयुक्त लगानी पुल निर्माण भएको हो ।
‘पुल नहुदाँ नागरिकहरुलाई धेरै समस्या थियो, वर्षायाममा खोलामा बाढी आउँदा विधार्थी, मजदुर लगायतहरु झनै बढी प्रभावित हुन्थे’ वडाअध्यक्ष रफिकले भने, विधार्थीहरु विधालय समेत जान नसक्ने अवस्था थियो तर अब उक्त समस्या हटाएको छौँ, मजदुर, विधार्थी लगायत सम्पूर्ण नागरिक अब ढुक्कसगँ पुल मार्फत ओहरदोहर गर्न सक्छन ।’
तपाईको प्रतिक्रिया !