कपिलवस्तु : बाणगंगा नगरपालिकाले शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । नगरपालिकाको सभाहलमा भएको बैठकमा नगरप्रमुख चक्रपाणि अर्यालले आईतवार सार्वजनिक विदा नदिने र बाणगंगा नगरपालिका मातहतका सबै कार्यालयहरु खोल्न निर्देशन दिनुभएको हो । आर्थिक मसान्त तथा विद्यालयमा हुने पठनपाठनलाई मध्येनजर गरेर पहिलो चरणमा असार मसान्तसम्म आईतवार पनि कार्यालयहरु सञ्चालन गर्न लागिएको मेयर अर्यालले बताउनु भयो ।
त्यस्तै बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले विद्यालयको पाठ्यक्रमको संरचनासमेत ६ कार्य दिनलाई ध्यानमा राखेर निर्माण भइसकेको हुँदा विद्यार्थीहरूको पठनपाठन र विद्यालयबाट प्रदान गरिने सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो ।
यसअघि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको थियो ।
तपाईको प्रतिक्रिया !