शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक को नयाँ शाखा कपिलवस्तुको तौलिहवामा उद्घाटन गरिएको छ । उक्त शाखाको कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदिप पौडेलले उद्घाटन गर्नु भएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख पौडेलले बैंकको शाखा बिस्तार सँगै स्थानीय स्तरमा वित्तीय सेवाको पहँुच थप बिस्तार हुनेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले स्तरिय र बिश्वसनीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले स्थानीय आवश्यकता अनुसार सहज बैंकिङ्ग सेवा प्रदान गर्ने बताए । अधिकृत पुँजी पाँच अर्ब, जारी तथा चुक्तापुँजी तीन अर्ब ७८ करोड दश लाख रहेको बैंकको निक्षेप ४१ अर्ब १३ करोड र कर्जा लगानी ३८ अर्ब १५ करोड रहेको बैंकका पाँच लाख १५ हजार बढी निक्षेपकर्ता र १४ हजार पाँच सय बढी ऋणी रहेका छन् ।
बैंकको नयाँ शाखा कार्यालय सञ्चालन पश्चात ८५ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्ने शाखा प्रबन्धक अविनाश शुक्लाले बताए । बैंकका सञ्चालक समिति अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सञ्जु पौडेलले गर्नु भएको हो । कार्यक्रममा तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मी, बडा नं. ३ का वडाध्यक्ष प्रकाश गैरे, वडा नं. ५ का वडाध्यक्ष दिरेप चौधरी, अर्या बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश घिमिरे, कपिलबस्तु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु अर्याल लगायको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया !