कपिलवस्तुको जिल्ला समन्वय समिति (जिसस) प्रमुखमा नेकपा एमालेका बाबुराम आचार्यले बाजी मारेका छन् ।
२० मत रहेको जिससमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका ज्ञानबहादुर कार्की र आचार्यले बराबर १०र१० मत ल्याएका थिए ।
उम्मेदवारको मत बराबर भएपछि गोलाप्रथाबाट परिणाम निकाल्दा आचार्यले बाजी मारेका हुन् ।
उपप्रमुख पदमा एमाले, लोसपा, राप्रपा गठबन्धनका रमेश कुर्मी निर्वाचित भएका छन् । जिसस प्रमुखसहित ७ जनाको मत बराबर भएपछि गोला तानेर परिणाम निकालिएको छ ।
निर्वाचनबाट गठबन्धनका कांग्रेसबाट सुनीता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनिया र जसपाका रामु अहिर सदस्यमा निर्वचित भएका छन् ।
सदस्यमा गोलाप्रथाबाट एमालेकी सकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित भएकी छन् । जिसस कपिलवस्तुको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी ९जसपा० नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो ।
एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग चुनावी तालमेल गरेको थियो ।
तपाईको प्रतिक्रिया !