कपिलबस्तुमा मृत अवस्थामा टिप्पर चालकको शव फेला पेरको छ । कपिलवस्तु नगरपालिका –७ बर्गदवास्थित लु.२ ख १५१५ नम्बरको टिप्परमा सोही टिप्परका चालकको शव शनिबार फेला परेको प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो ।
मृतक शिबराज नगरपालिका–५ नौडिहवा बस्ने ३८ वर्षीय रामकेवल थारु रहेको उहाँले बताउनुभयो । थारुको शव कपिलबस्तु अस्पताल तौलिहवामा पोस्टमार्टम पछि परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !