लुम्बिनी समय । समाचारदाता
तौलिहवा, असार २३ गते । कपिलबस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगंज नगरपालिका–३ बर्गदा बस्ने २२ वर्षीय मुस्तकिम तेली रहेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक जेशी शाहले बताउनुभयो ।
महाराजगंज नगरपालिका–१० हर्दौना स्थित घरको छत ढलान गर्ने क्रममा बुधबार साझा करेन्ट लागेर अशक्त भएका उहाँको कपिलबस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक शाहले बताउनुभयो । शवको पोस्ट मार्टम पछि परिवारको जिम्मा लगाइएको छ ।
उक्त घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !