ताैलिहवा । कपिलबस्तु नगरपालिका तौलिहवा स्थित बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत शाखा प्रबन्धकहरुको साझा समूह, फोरम “बैंकर्स क्लब तौलिहवा” को अध्यक्षमा नवीन बहादुर श्रेष्ठ चयन हुनु भएको छ । श्रेष्ठ गुहेश्वरि मर्चेण्ट बैकिङ एण्ड फाइनान्सका शाखा प्रबन्धक हुन् ।
जसको उपाध्यक्षमा उपाध्यक्षमा इन्भेषटमेण्ट एण्ड फाइनान्सका राजीव श्रीवास्तव, सचिवमा ग्लोबल आइएमइ बैंकका प्रकाश आचार्य, कोषाध्यक्षमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अविनाश शुक्ला रहनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा अर्पण श्रेष्ठ (लक्ष्मी बैंक), देवेन्द्र केसी (माछापुछ्रे बैंक), नवीन भुषाल (सिटिजन्स बैंक), किरण घिमिरे (सिद्धार्थ बैंक), सन्दिप सापकोटा (एभरेष्ट बैंक), सुरज गुप्ता कसौधन (एनआइसि एसिया बैंक), रविन्द्र पाण्डे (कृषि विकास बैंक), विकाश ज्ञवाली (एनएमबि बैंक), रामप्रित पाल (कामना सेवा विकास बैंक), गोपाल भण्डारी (मेगा बैंक) र खिम लाल पुरी (एनसीसी बैंक) का शाखा प्रबन्धकहरु सर्वसम्मतीले चयन भएका हुन् ।
तपाईको प्रतिक्रिया !