कपिलबस्तु, भाद्र ५ गते । नेपालमा मौरी पालन व्यवसाय प्रवद्र्धनमा राज्यको थप ध्यान आवश्यक रहेको मौरी पालक किसान नेताहरुले बताएका छन् ।नेपाल मौरी पालक महासंघ जिल्ला शाखा कपिलवस्तुको १३ औं साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रिय उपाध्यक्ष दिपक श्रेष्ठ, प्रदेश अध्यक्ष रामहरी शर्मा लगायतले सो कुरा बताएका हुन् । नेपालमा व्यवसायीक मौरी पालन व्यवसायको केहि हदसम्म विकास भएको भए पनि ब्राण्डिङ, बीमा, चरन, बजारीकरण लगायतका समस्याले किसानहरुलाई गालिरहेको उनीहरुले बताए ।
बजारमा आउने अन्य महहरुको शुद्धतामा संका गर्ने ठाउँ हुँदा हुँदै पनि तीनीहरुको नजमेको मह हुनु आकर्षक प्याकेजिङ तथा ब्राण्डिङले उपभोक्ताहरु स्थानीय मौरी पालन व्यवसायीहरुले उत्पादन गरेको मह प्रति आश्वस्त हुन नसकेकोले ब्राण्डिङ जरुरी रहेको जिल्ला समन्वय समितिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी बाबुराम आचार्यले बताउनुभयो ।
सबै सबै मौरी पालक किसानले उत्पादन गरेको महलाई एउटै नेपाली ब्राण्ड बनाएर बजारमा पु¥याउन सके नेपाली महको माग नेपालमा मात्रै नभएर विश्व बजारमा पु¥याउन सकिने महासंघका केन्द्रिय उपाध्यक्ष श्रेष्ठले बताए ।
उत्पादित महकोे एउटै ब्राण्ड बनाउने विषयमा पटक पटक प्रयास भएको भए पनि प्राविधिक समस्याले आजसम्म त्यसो गर्न नसकिएको महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रामहरी शर्माले बताए । मौरी पालन व्यवसायीहरुका समस्या समाधान गर्न आफूहरुले पनि रचनात्मक सहयोग गर्न तयार रहेको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
मौरीको बीमा गर्नु पर्दा इन्सुरेन्स कम्पनीले झन्झट मान्ने गरेको, मौरी चरनको उचित प्रवन्ध नमिल्दा व्यवसाय सञ्चालनमा समस्या भएको तथा किसानका घर घरमा आज पनि टनका टन मह स्टोर भएर बसेकोले यी यस्ता समस्या समाधानमा आफूहरुले राज्यबाट सहयोगको अपेक्षा गरेको किसानहरुले बताए ।
त्यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले कृषि क्षेत्र र किसानहरुलाई प्रोत्साहन गर्न नसक्दासम्म कुनै पनि निकायको विकासले तिव्रता पाउन नसक्ने बताउनु भयो । उहाँले शिवराजको क्षेत्रमा मौरी पालन गरेका कृषकहरु सँग नगरले सहकार्य गरी ब्राण्डेड मह उत्पादन गरेर आत्म निर्भर बनाउनुका साथै बजारीकरणको बतावरण सृजना गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो । मौरी पालन व्यवसाय प्रवद्र्धनका लागि आवश्यक बजेट विनियोजन गर्न कुनै कसर बाँकी नराख्ने समेत बताउनु भयो।
साधरण सभामा नेपाल मौरीपालन केन्द्रिय सहकारी संघका निवर्तमान केन्द्रीय अध्यक्ष अर्जुन पोख्रेलले नेपालमा मौरीपालन व्यवसायकको बर्तमान अवस्था र चुनौती विषयमा प्रस्तुतिकरण समेत राख्नु भएको थियो ।त्यसैगरी कार्यक्रममा नेपाल मौरी पालक महासंघका कपिलवस्तु शाखाका अध्यक्ष नारायण पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मौरी पालक संघ प्रति तिन वटै तहका सरकारले खासै चासो नदिएकोले मौरी पालन व्यवसाय गर्ने सम्पूर्णलाई व्यवसायिक योजना र रणनीति सहित महासंघमा आबद्ध हुन आग्रह गर्नु भएको थियो ।
आर्थिक प्रतिवेद्धन प्रस्तुत गर्दै महासंघका जिल्ला कोषाध्यक्ष माधवराज पौडेलले सम्पूर्ण मौरी पालन व्यवसायीलाई महासंघमा आबद्ध भएर गोलबन्द भई मह उत्पादनमा केन्द्रित हुन आह्वान गर्नुभयो ।साधारण सभामा प्रस्तुत प्रगति प्रतिवेदन तथा आर्थिक प्रशासनिक प्रतिवेदन पारित, भदौ २३ को आसन्न प्रदेश तथा केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधी छनौट र जिल्ला कार्य समितिका रिक्त पदहरु पुर्ति गर्दै बन्दसत्र सम्पन्न भएको छ ।
नेपाल मौरी पालक महासंघका केन्द्रिय सदस्य नन्दराम अर्याल, मौरी पालक महासंघ लुम्बिनी प्रदेश अध्यक्ष राम हरी शर्मा, सचिव लिलापति घिमिरे लगायत मौरी पालक कृषकहरुको सहभागिता रहेको थियो । साधारण सभा कार्यक्रम शिवराज ३ खरेन्द्रपुरमा शनिवार सम्पन्न भएको हो ।
तपाईको प्रतिक्रिया !