सन्धिखर्क । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बहुविवाह मुद्दामा फरार अभियुक्तलाइ पक्राउ गरेको छ।
जिल्लाको भूमिकास्थान नगरपालिका(३ का गंगा बहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेका अनुसार बिकलाई जिल्ला अदालत अर्घाखाँचीले २०७९ असार २८ गते एक वर्ष कैद सजाय तोकेको थियो। तर बिक कैद भुक्तान नगरी फरार थिए।
बिकलाई प्रहरीले आज आइतबार विशेष सूचनाका आधारमा पक्राउ गरी जिल्ला अदालतमा पेस गरीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
तपाईको प्रतिक्रिया !