रुपन्देही – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रामनगर बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नु भएको छ ।
कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्वमन्त्री रामकुमारी झाँक्रीलगायत सहभागी हुनुहुन्थ्यो ।
बुद्ध जन्मस्थल लुम्बिनीमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनलाई मध्यनजर गरेर बुटवलमा सम्मेलन केन्द्र दुई चरणमा निर्माण पूरा गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको थियो । थप भएको म्यादअगावै २०७८ असारमा केन्द्र निर्माण सम्पन्न गरिएको आयोजना प्रमुख धर्मेन्द्र पन्थीले बताउनुभयो ।
बुटवलदेखि पूर्व पश्चिम राजमार्गसँगै जोडिएको सम्मेलन केन्द्र नेपालको राष्ट्रिय झण्डा आकृतिमा बनेको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र एक हजार सिट क्षमताको छ ।
तपाईको प्रतिक्रिया !