तौलिहवा। कपिलबस्तु निर्माण व्यवसायी संघको अध्यक्षमा सरोज कुमार अर्याल विजयी हुनु भएको छ । अर्यालले ८९ मत ल्याएर विजयी भएका हुन । उहाको निकटतम प्रतिद्धन्दी चन्द्र शेखर श्रेष्ठ ५१ मत ल्याएका थिए ।
त्यस्तै प्रथम उपाध्यक्षमा तपेश्वरी कहार ७५, द्धितिय उपाध्यक्ष सुनिल सुक्ला ८६, महासचिवमा शिव दयाल ठाकुर ८५, सचिवमा रमेश कुमार मिश्र निर्वाचित हुनु भएका छन् । त्यस्तै कोषाध्यक्षमा लाल मोहर तेलि १०७ र सह कोषाध्यक्षमा नलिन गौतम भुसाल ७५ मत ल्याएर विजयी हुनु भएको छ ।
सदस्यहरुमा सदस्यहरुमा अब्दुल गफ्फार दर्जी ११५, पवन अग्रहरी ११२, राज कुमार मिश्र १०५, पन्चम सिंह ८४, दिपेन्द्र नाथ सुक्ल ८१ र टुक लाल पुन ७७ मत ल्याएर विजयी भएका निर्वाचन संयोजक अमित कुमार श्रीवस्तवले बताउनुभयो । कुल १ सय ४३ मत मध्ये १ सय ४० मत खसेको निर्वाचन अधिकृत प्रविन कुमार श्रीवस्तवले बताउनुभयो ।
भएको निर्वाचनमा मेरो टिमलाई अत्यधिक बहुमतका साथ विजयी बनाउनुभएकोमा धन्यवाद दिनुभएको छ । अगामी दिनमा सम्पूर्ण निर्माण व्यवसायीलाई सहकार्य गरेर अगाडी बढ्ने अर्यालले बताउनुभयो । अर्याल पत्रकारीता पृष्ठभूमीका निर्माण ब्यावासायी हुन् । लामो समय नेपाल टेलिभिजनमा काम गरेका अर्याल पत्रकारीता संगै निर्माण ब्यवसाय क्षेत्रमा सकृय थिए ।
तपाईको प्रतिक्रिया !