काठमाण्डाै – नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् ।
दशरथ रङ्गशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै गाेलरक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ब्लेजरसहित उनीहरुको बिदाइ गरेको छ ।
झन्डै १६ हजार घरेलुसमर्थकबीच हिजो भएको महिला साफ च्याम्यिनसिपमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । लगत्तै नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले पनि प्रशिक्षक पद त्याग्ने घोषणा गरेका थिए ।
थापाले यसै प्रतियोगिताको सुरुवातमा प्रशिक्षकको जिम्मेवारी पाएका थिए ।
तस्बिर : एन्फा
तपाईको प्रतिक्रिया !