Lumbini Samay
Advertisement
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
गच्छदार जसपा केपी ओली माधब नेपाल प्रचण्ड प्रधानमन्त्री देउवा
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result

Lumbini samay, Lumbini times, Lumbini press, lumbinidaily, lumbini news, lumbini times, lumbini post, lumbini Online, lumbini samachar
No Result
View All Result

बाढीको भेलसँगै बग्दै लुम्बिनी नजिकका पुरातात्विक सम्पदा


बाढीको भेलसँगै बग्दै लुम्बिनी नजिकका पुरातात्विक सम्पदा

लुम्बिनी ।विश्वभरि बुद्धधर्मको प्रचारप्रसार बढिरहँदा बुद्ध जन्मस्थल लुम्बिनी नजिक रहेका पुरातात्विक महत्वको सम्पदा संरक्षणको अभावमा नदीको भेलसँगै बगेका छन् । रूपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१२ स्थित अमहवा गाउँ नजिकै निपनियामा रहेका पुरातात्विक भग्नावशेष बाढीको भेल सँगै दानव नदीमा विलय हुँदै गएका छन् ।

केही वर्षयतादेखि दानवनदीले कटान सुरु गरेपछि जमिनमुनि हराइरहेका प्राचीन अवशेषहरू एकपछि अर्को देखिँदै दानव नदीमा विलय हुन थालेका छन् । सुरुमा त इँटा, माटाका भाँडा र धातुका सामाग्री मात्र भेटिन्थे, तर २०५७ सालतिर नदीको धार परिवर्तन भई कटान बढेपछि पुरातात्विक महत्वका संरचनाहरू प्रत्यक्ष फेला पर्न थालेका छन् ।

विसं २०७१ भदौ १ गते इँटाबाट बनाइएको गोलाकार स्तम्भमाथि ढुङ्गाबाट चारपाटे आकृति दिइएको करिब ३० फिट अग्लो संरचना फेला परेपछि सो ठाउँले विशेष चर्चा पाएको हो । नजिकै बन्जरही, सुमेरगढ, मकुनगढ, सिद्धनाथ र सुदेसरमा पनि यस्ता संरचना जमिनमुनि रहेको बुद्ध आदर्श मावि खुनगाइका शिक्षक हरिमोहन चौधरीले देखाउनुभयो ।

“प्राचीन समयमा त्यस ठाउँमा पम्पापुर नाम गरेको एक सुन्दर र समृद्ध नगर रहेको स्थानीय किंवदन्ती छ”, शिक्षक चौधरीले भन्नुभयो, “हैजा रोगको प्रकोपबाट धेरैजना मासिएको हुनसक्ने र बाँकी अन्यले नगर छोडेर अन्यत्र बसाइँ सरेकोे हुनसक्ने हाम्रो अनुमान छ ।” कसैकसैले नगरलाई दानव नदीको बाढीले पुरेको मिथक पनि सुनाउने गरेको उहाँले बताउनुभयो ।

बाढीको भेलसँगै त्यहाँ रहेका धेरैजसो पुरातात्विक सम्पदा दानव नदीमा बग्दै गएका छन् । “२०६८ सालमा नदी छेउमा पाँच फिटजति अग्लो ढंङ्गाको रिङ भेटिएको थियो”, स्थानीयवासी दिलीपकुमार श्रीवास्तवले भन्नुभयो, “हामीले विकास कोषलाई भन्यौँ, तर कसैको ध्यान नजाँदा जोगाउन सकिएन, हेर्दा हेर्दै त्यो पनि नदीको भेलले बगाइसक्यो ।”

उमेरले ६९ वर्ष पुगेका स्थानीयवासी जुगुल किशोर त्रिपाठीले त्यहाँ पुरातात्विक महत्वको संरचना जोगाउन नसकिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । “म सानो छँदा त्यहाँ एउटा बाकस देखिएको थियो, भित्र के थियो थाहा भएन”, उहाँले भन्नुभयो, “कसले लग्यो–लग्यो ।” प्राचीन सभ्यताका ऐतिहासिक संरचना संरक्षण हुनुपर्ने उहाँको माग छ ।

नदी कटान हुनुअघि त्यहाँ इँटका दिवाल, माटाका भाँडा, बाकस, चाँदीका सिक्का र इनारहरू भेटिन्थे । कुनै–कुनै इनारमा मानिसका कङ्कालहरू देखिएको स्थानीयवासीले बताएका छन् । “त्यहाँ तीस–चालीस वटा इनार थिए”, स्थानीयवासी प्रकाश गुप्ताले भन्नुभयो, “लगभग आठ–दश वर्षअघि उचाल्न नै नसक्ने एउटा ठूलो बाकस देखिएको थियो, त्यो पनि बर्खे भेलमा बग्यो ।”

“म सानो छँदा नहानमेला हेर्न त्यही बाटो भएर अजमा जान्थेँ, त्यतिबेला केही संरचनाहरू बाहिरबाट देखेको हूँ”, प्रदेशसभा सदस्य अष्टभुजा पाठकले भन्नुभयो, “२०६९ सालमा इनार र २०७१ साल भदौ महिनाको बाढी कटानले त विशेष संरचनानै देखायो” । संरक्षणका लागि लागिपरेको भन्नुहुदै उहाँले अन्वेषण गर्ने हो भने जमिनमुनि प्राचीन नगर नै भेटिने दाबी गर्नुभयो ।

नदी कटानले जमीनमुनि देखिने माटोका भाँडा र धातुका सामग्रीलगायतका वस्तु हर्पण सभ्यताको समकालीन भएको बताउँदै लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले भन्नुभयो, “भारतीय पुरातत्वशास्त्री एसबी देवले पनि अध्ययनका क्रममा त्यस क्षेत्रमा रहेका पुरातात्विक संरचना भारतको हस्तिनापुरको समकालीन संरचना भएको निचोड निकाल्नुभएको छ ।”

“त्यहाँ देखिने माटाका लेयर मानव बस्तीका सङ्केत हुन”, त्रिपाठीले भन्नुभयो, “प्रत्येक लेयरपिच्छे त्यहाँ मानिस बसेको भन्ने पुष्टि हुन्छ ।” त्यहाँ भेटिएका कैयौँ पुरातात्विक वस्तुहरू वर्षा र बाढीको भेलमा बगिसकेका र केही माटाका भाँडालगायतका अन्य वस्तुहरू स्थानीयवासीले लुम्बिनी विकास कोषलाई उपलब्ध गराएको उहाँले बताउनुभयो ।

“स्थानीयवासीले उपलब्ध गराएका पुरातात्विक वस्तुहरु हामीले सुरक्षित राखेका छौँ”, कोषका उपाध्यक्ष त्रिपाठीले भन्नुभयो, “पछि अध्ययन–अनुसन्धान र उत्खनन गर्दा सहयोग हुनेछ ।” पुरातत्वविद् र कोषका अनुसार सो क्षेत्र बुद्ध जीवनीसँग सम्बन्धित छ ।

सो क्षेत्रसँगै बुद्ध जीवनीसँग सरोकार राख्ने रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा मात्रै दुई सय ३५ बढी पुरातात्विक सम्पदाहरू पत्ता लागेका छन् । तर यीमध्ये धेरै क्षेत्रको खोज–अनुसन्धान भने हुन नसकेको भन्दै कोषका उपाध्यक्ष त्रिपाठीले सम्पदाको संरक्षण र अध्ययन गर्न लुम्बिनी बौद्ध विश्वविद्यालय र पुरातत्व विभागसँग समन्वय भइरहेको जनाउनुभयो ।

सन १९६४ मा भारतीय पुरातत्वशास्त्री एसबी देवले त्यस क्षेत्रको अध्ययन गरेका थिए । देवले त्यहाँ पाइएको माटोको संरचना भारतको हस्तिनापुरको समकालीन मानिन्छ, भन्ने उल्लेख गर्नु भएको शोधकर्ता भोला गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो, “देवले यसको अनुमानित समय ईशापूर्व ११औँ शताब्दीदेखि लिएर ईशापूर्व सातौँ शताब्दी मानेका छन ।” सो क्षेत्रमा भारतको मोहनजोदारो–हडप्पा सभ्यताभन्दा पनि प्राचीन सभ्यता रहेको देवले उल्लेख गरेका छन् ।

विश्वको सबै प्राचीन सभ्यता नदीकै किनारबाट विस्तार भएको बताइन्छ । हडप्पा सभ्यता पनि एक हो । सिन्धुनदी तटमा सिन्धुघाँटी सभ्यता, मिश्रनदी तटमा मिश्र सभ्यता, चीनको सभ्यता, नील नदीको सभ्यता आदि विश्वका प्राचीन सभ्यतामध्येका एक हुन् ।

पूरातत्वविद् हिमाल उप्रेती भन्नुहुन्छ, “हडप्पा सभ्यता आफ्नो नगर नियोजन प्रणाली, जल निकासी प्रणाली र सफाइका लागि हैशह प्रणालीमा बसेको मानिन्छ । त्यस प्रणालीमा प्रत्येक घरआँगनमा जलस्रोतका लागि इनार, एउटा खाना पकाउने रसोइघर अनिवार्य राखिन्थ्यो ।”

यो सभ्यताका विनाशका कारणका सम्बन्धमा विभिन्न विद्वानहरूको भिन्न–भिन्न मत छ । प्रोफेसर चाइल्ड र ह्विलरले विदेशी आक्रमणलाई यस सभ्यताको पतनको मुख्य कारण बताएका छन् भने प्रोफेसर फेयर सर्बिसले पारिस्थितिक असन्तुलनलाई मुख्य कारक मानेको पाइन्छ । तर बाढीलाई कारक बताउने सर्वाधिक विद्वानहरूको मत छ ।

देवपछि न पुरातत्व विभागले कुनै अध्ययन–अन्वेषण गरेको छ न त सरकारले संरक्षणमा ध्यान नै पुर्याएको छ । “ऐतिहासिक पुरातात्विक सम्पदा जोगाउन पुरातत्व विभाग र सरकारले संरक्षणसँगै अध्ययन–अनुसन्धान र उत्खननमा प्राथमिकता दिन ढिलाइ गर्नु हुँदैन”, लुम्बिनी सांस्कृतिक नगरपालिका पूर्वप्रमुख मनमोहन चौधरी भन्नुभयो, “हामीले पहिलादेखि नै त्यस क्षेत्रबारे जानकारी गराएका छौँ, तटबन्ध गर्न भनेका छौँ, अझै काम अघि बढेको छैन ।”

जनताको तटबन्ध कार्यक्रमका महानिर्देशकसहित त्यस क्षेत्रको अवस्था बुझ्न पुगेका प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति निवर्तमान सभापति भरतकुमार शाहले त्यहाँको संरक्षणमा चासो दिने बताउनुभयो । स्थानीयवासीसँग केही समय त्यहाँको ऐतिहासिकताबारे जानकारी लिँदै शाहले भन्नुभयो, “यो पुरातात्विक क्षेत्र हो, यहाँको संरक्षणमा पहल गर्छु ।” उहाँले नदी कटान नियन्त्रण गर्न तटबन्धका लागि पहल गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

संबन्धित खवर

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

लुम्बिनीमा संरक्षण प्रयोगशाला उद्घाटन

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

नटुवा समुदायका बालबालिकालाई शिक्षाको पहुंचमा पुर्याउन शैक्षिक सामाग्री

  • ट्रेन्डिङ
  • प्रतिक्रिया
  • ताजा
कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

कपिलवस्तु बहुमुखी क्याम्पसको अध्यक्ष पदमा त्रिपाठीको उम्मेदवारी घोषणा

२ हप्ता अगाडि
गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

गठबन्धनले सिद्धार्थ नगर बैठक छिट्टै साझा उम्मेदवार घोषणा गरीने

३ वर्ष अगाडि
लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

लोकप्रिय युवा नेता दिनेश कुमार चौधरीको दोस्रो पटक ऐतिहासिक जीत

३ वर्ष अगाडि
ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

ट्वाइलेटको हदभित्र गाडेर ढलान गरिएको अवस्थामा भेटियो महोत्तरीकी सुजिताको शव

४ वर्ष अगाडि
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

0

दाउरा टिप्न जाँदा कमला नदीमा फसेकी सिरहाकी तीनजना महिलाको उद्धार, यसरी फसेका थिए

0
बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

बर्दिबासमा मेयरको आदेशमा मापदण्ड विपरित मनपर्दी उत्खनन हुँदै, स्थानीयको व्यापक विरोध

0
बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

बर्खा लागेपछि अस्तव्यस्त बन्यो जलेश्वर जेल, दुर्गन्धले विरामी पर्न थाले कैदीबन्दी

0
कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न

६ घण्टा अगाडि
२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न

२१ घण्टा अगाडि
लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

२ दिन अगाडि
बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

२ दिन अगाडि

footer

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।

हाम्रो बारेमा

समृद्धि मिडिया सेन्टरद्वारा सञ्चालित
लुम्बिनी समय अनलाइन डटकम
प्रधान कार्यालयः तौलिहवा, कपिलबस्तु
ईमेल: [email protected]
वेबसाइट : www.lumbinisamay.com
सूचना विभाग दर्ता नं. : ३७४१-२०७९/०८०
प्रेस काउन्सिल दर्ता नं. : ३९४५

हाम्रो टीम

सम्पादकः
समाचार प्रमुखः सुग्रीव बरई

संवाददाताः
९८५७०५१६४१, ९८०२६३२६२१

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube Instagram
  • Powered by : PROTECH

©  लुम्बिनीसमयमा  सर्वाधिकार सुरक्षित- 2021

No Result
View All Result
  • होमपेज
  • समाचार
  • राजनीति
  • समाज
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • विचार
  • मनोरञ्जन
  • खेलकुद
  • स्वास्थ्य/शिक्षा
  • अन्य
    • फोटो ग्यलरी
    • कृषि
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि