बाणगंगा, २६ असोज ।कपिलवस्तु क्षेत्र नः १ (क) मा सत्ता गठबन्धनले प्रचार प्रसार समिति गठन गरेको छ । सत्ता गठबन्धनका नेताहरु संयुक्त बैठकले नेपाली कांग्रेस कपिलवस्तु १ (क) का सभापति दुर्गा केसिको संयोजक्तवमा १५५१ सदस्य प्रचार प्रसार समिति गठन भएको हो । सो समितिमा सत्ता गठबन्धनका दलहरुका प्रदेश, नगर र वडा कमिति तथा समितिका पदाधिकारी रहे गरी १५५१ सदस्य प्रचार प्रसार समिति गठन गरिएको हो ।
साथै बैठकले गठबन्धनलाई जिताउन नगर तथा वडाका तहका समितिहरुसगं सहकार्य गर्दै प्रचार प्रसारका कार्य गर्ने निर्णय भएको एकिकृत समाजवादीका राम पौडेलले जानकारी दिए ।साथै बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा गठबन्धनका उम्मेदवार बिजयी बनाउन निर्वाचन परिचालन समिति समेत गठन गरीएको छ । जसको संयोजकमा दुर्गा केसि रहेका छन भने सदस्यहरुमा मंल प्रसाद थारु, टोप नारायण बेलबासे , सोमनाथ अर्याल, गणेश बहादुर क्षेत्री, सरजु चौधरी, हुमराज खनाल, राम प्रसाद बेल्बासे, दल बहादुर थापा रहेको माओवादी केन्द्रका नेता हुमनाथ पौडेलले जानकारी दिए ।साथै बैठकले यही असोज २८ गते शुक्रबार बृहत भेला तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय भएको राष्ट्रीय जनमोर्चा पार्टीका नेता शशि सापकोटाले जानकारी दिएका छन ।
तपाईको प्रतिक्रिया !