इङ्ग्लिस प्रिमियर लिग : ब्राइटनसँग चेल्सी ४–१ ले हार्यो

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा ब्राइटन ४–१ गोलले विजयी भयो ।

खेलको पाँचौँ मिनेटमा लिन्द्रो ट्रोसार्डले गोल गरी ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको १४औँ मिनेटमा चेल्सीका रुबेन लोफ्ट्स तथा ४२औँ मिनेटमा ट्रेभो चालोबहले आत्मघाती गोल गरे । खेलको ४८औँ मिनेटमा चेल्सीका काइ हार्भट्जको गोल गरे ।

खेलको इन्जुरी समयमा पास्कल ग्रोबले गोल गरेपछि ब्राइटन ४–१ गोलले विजयी भयो ।

जितसँगै ब्राइटन १८ अङ्ककासाथ सातौँ स्थानमा उक्लिएको छ । चेल्सी १२ खेलमा २१ अङ्ककासाथ पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया
संबन्धित समाचार