काठमाण्डाै – आईसीसी टी–२० विश्व कपकाे फाइनल खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई एक सय ३८ रनकाे लक्ष्य दिएकाे छ ।
मेलबर्नमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३७ रन बनायाे । उसका लागि शन मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । बलिङतर्फ साम करनले तीन तथा आदिल रशिद र क्रिस जाेर्डनले दुई/दुई विकेट लिए ।
तपाईको प्रतिक्रिया !