पौष ९गते।कृष्णनगर, कपिलवस्तु।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ बकौलीमा हिजै देखि शुरू भएको महायज्ञ पहिलो दिन २५१ नारीहरू कलश लिई बकौली बाट शुभारंभ गरी सौनहवा,झिगंहा चौक,कप्तानगंज,झिगंहा गाउँ , मयनारी हुदै बकौली कार्यक्रम स्थल सम्म ५०० भन्दा बढी महिला र पुरूषहरुको सहभागितामा नगर परिक्रमा गरिएको थियो। साँझ प्रज्ञा कथा तत्वाधान: शान्ति कुंज हरिद्वार उत्तराखण्ड भारतको टोलीद्वारा प्रस्तुत गरिएको थियो।

दोस्रो दिन विहानैदेखि देवपुजन गरी प्रत्येक कुण्डमा पति-पत्निको जोडी सहित ८ जनाको उपास्थितिमा विशेष पुजापाठ गरी हवन कार्यक्रम दिउँसो १:०० बजे सम्म भएको छ। साँझ ७ बजे देखि १० बजे सम्म धर्म बिशेषका प्रज्ञा पुराण कथा हुने कुराको जानकारी आयोजकले जनाएको छ।