प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना
काठमाण्डाै – प्रदेश-१ का हिमाली जिल्लाका एक/दुई ठाउँमा आज हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् गोविन्द झाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । यही प्रभावका कारण प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको मौसम आंशिक बदली हुने अनुमान छ । तराईका जिल्लामा बिहानैदेखि हुस्सु कुहिरो लागेको छ ।
दिउँसोसम्म नै तराईका जिल्लामा हुस्सु कुहिरो लाग्ने अनुमान गरिएको छ । अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहने अनुमान रहेको छ । मौसम बदली भए पनि पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













