कपिलवस्तु फागुन ७
७३ औ प्रजातन्त्र दिवसमा कपिलवस्तुको तौलिहवामा कबिता प्रतियोगीता र श्रस्टाहरुलाई सम्मान गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोमगा सृजनशील नारी साहित्यिक समाजले वडा स्तरीय निम्म माध्यमिक तह कबिता प्रतियोगीता र सम्मान कार्यक्रम गरेको हो ।
प्रतियोगीतामा सिद्धार्थ बोडिङ स्कुलकी अन्सु दुबे प्रथम , बुद्ध ज्योति बोडिङ स्कुलकी सुप्रेक्षा शुक्ला द्धितीय र सिद्धार्थ बोडिङ स्कुलका प्रमिश आचार्य तृतीय भए । यस्तै सोही कार्यक्रममा बरिष्ठ साहित्यकार हरिराज शर्मा, पशुपतिमणि त्रिपाठी, रबिचन्द्र शाक्य र युवा गायक संदीप कुमार दुबेलाई प्रशंसा पत्रले सम्मानित समेत गरिएको थियो । वडाध्यक्ष प्रकाश गैरेले बिजयी भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र प्रमाण पत्र प्रदान गरको थिए ।
नारी समाजकी अध्यक्ष सकुन्तला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष गैरे, बरिष्ठ साहित्यकार हरिराज शर्मा, पशुपतिमणि त्रिवपाठी निर्णायक ईन्दिरा देवकोटा, उपमा पराजुली लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
तपाईको प्रतिक्रिया !