प्राचीन पुरातात्त्विक स्थलको हब सिसहनिया कोट
कपिलवस्तु, फागुन १३ गते । कपिलवस्तुको पूर्व ( दक्षिणमा रहेको प्राचीन स्थल सिसहिनया कोट । मायादेवी गाउँपालिका वडा नं ५ मा अवस्थित ठुलो सिसहनियामा ५२ बिगाहा क्षेत्रफलमा फैलिएको एउटा ठुलो कोट र २ वटा साना कोट रहेका छन् ।
यस स्थललाई महत्त्वपूर्ण पुरातात्त्विक ढिस्कोको रूपमा चिनिन्छ । पहिला यस स्थलमा बिहारहरू पनि रहेको अनुमान गरिएको छ । त्यहाँका भग्नावशेष हेर्दा यो स्थल प्राचीन रहेको पुष्टि समेत गर्दछ । यहाँ उत्खनन नभएता पनि ठुलो सिसनिया क्षेत्रलाई प्राचीन स्थल मानिएको छ।
सन् १९९३–०९४ मा नेपाल र इटालीका पुरातत्वविद्हरुले यस स्थलको अध्ययन समेत गरेका थिए। तर हालसम्म यस स्थलको उत्खनन तथा अन्वेषण हुन सकेको छैन। प्राचीन कपिलवस्तु राज्यको एउटा महत्त्वपूर्ण सहरको रूपमा यो स्थल रहेको अनुमान समेत गरिएको छ।
स्थानीयवासी पूर्वजहरूको भनाई अनुसार यो स्थलमा पहिला घनघोर जङ्गल समेत रहेको थियो भनेर अहिलेका पुस्ताहरू बत्ताउँछन्। यही प्राचीन स्थलको एक किनारमा समय माईको मन्दिर बनाइएको छ। यस मन्दिरका पुजारीका अनुसार यो मन्दिर ७ वर्ष अगाडी निर्माण गरिएको भनेर बताउँछन्।
जब यही कोटको एक किनारमा नेपाल सरकार पुरातत्त्व विभागको सूचना पाटीमा प्रस्ट उल्लेख गरिएको छ कि यस प्राचीन स्मारकलाई नष्ट गरे, भत्काए, हटाए, परिवर्तन, अनधिकृत कार्यमा लगाए वा अन्य किसिमका हानी नोक्सानी पुराएमा प्राचीन स्मारक संरक्षण ऐन २०१३ (पांचौ संशोधन को दफा १२) उपदफा क,ख र ग अनुसार पच्चीस हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुनेछ भन्ने उल्लेख गरिएको छ।
तर प्राचीन कपिलवस्तु जिल्लाको अधिकांश स्थल जहाँ पुरातत्त्व विभागको बोर्ड राखिएको छ त्यही स्थलमा पुरातत्त्व विभागको नियम विपरीत निर्माण कार्य, विभिन्न किसिमका मठ मन्दिर आदी बनेको प्रस्ट देखिन सकिन्छ।
यस ठुलो सिसहनिया स्थलको उत्खनन तथा अन्वेषण गरिएमा यो स्थल कपिलवस्तु जिल्लाको थप पर्यटकीय स्थल बन्ने बढी सम्भावना समेत रहेको छ। हाल यस प्राचीन स्थलमा स्थानीय युवाहरूको लागि क्रिडास्थल बनेको छ, गौ चरण आदी बनेका छन्। जसले गर्दा यस स्थलको प्राचीन भग्नावशेषमा प्रत्यक्ष रूपमा ठुलो प्रभाव परेको छ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













