काराबाओ कप फुटबलको उपाधि म्यानचेस्टर युनाइटेडलाई
काठमाण्डाै – म्यानचेस्टर युनाइटेडले काराबाओ कप फुटबलको उपाधि जितेको छ । युनाइटेडले ६ वर्षपछि पहिलो उपाधि जितेको हो ।
युनाइटेडले सन् २०१७ पछि पहिलो उपाधि जितेको बीबीसीले जनाएको छ । वेम्बलीमा गएराति न्युकासल युनाइटेडलाई २–० गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो ।
युनाइटेडका लागि खेलको ३३औँ मिनेटमा कासिमिरोले गोल गरे भने ३९औँ मिनेटमा मार्कस रास्फाेर्डले गोल गरे । म्यानचेस्टर युनाइटेडले एरिक टेन हानको नेतृत्वमा सन् २०१७ पछि पहिलो पटक उपाधि जितेको हो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























