कोल्ड स्टोर निर्माण अलपत्र
सुर्खेत, फागुन १८ गते । वीरेन्द्रनगर नगरपालिका–१२ स्थित औद्योगिक क्षेत्रमा निर्माण गर्न लागिएको कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको छ। २०७४/७५ बाट निर्माण सुरु गरिएको उक्त कोल्ड स्टोर निर्माण हालसम्म पनि सम्पन्न भएको छैन । आर्थिक वर्ष २०७८ साउनदेखि कोल्ड स्टोर निर्माणको काम अलपत्र परेको हो ।
कर्णाली कोल्ड चेन लजिस्टिक प्रा.लि. र वीरेन्द्रनगर औद्योगिक क्षेत्रबीच २०७४ माघ १५ गते कोल्ड स्टोर निर्माणका लागि सम्झौता भएको थियो । औद्योगिक क्षेत्रअन्तर्गत रहेको १० रोपनी जग्गामा कोल्ड स्टोर निर्माण गर्ने गरी सम्झौता गरिएको थियो । औद्योगिक क्षेत्रअन्तर्गत रहेको १० रोपनी जग्गामा कोल्ड स्टोर निर्माण गर्ने गरी सम्झौता गरिएको थियो । वीरेन्द्रनगर औद्योगिक क्षेत्रका कार्यालयले कोल्ड स्टोर निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन लिखित तथा मौखिक रूपमा पटक–पटक ताकेता गरेकोसमेत छ ।
कोल्ड स्टोर निर्माणका लागि उच्च मूल्य कृषि विकास आयोजना र कर्णाली प्रदेश कृषि विकास निर्देशनालयले झन्डै ९६ लाख रुपियाँ अनुदान दिएको थियो। कोल्ड स्टोरको भवनका लागि जगको काम मात्र पूरा भएको छ। भवनका लागि डीपीसीको काम मात्र गरिएको छ । आयोजनाले आर्थिक वर्ष २०७४/७५ मा तीन किस्ता गरी ६९ लाख ८९ हजार र कृषि विकास निर्देशनालयले आव २०७६/७७ मा २७ लाख १२ हजार रुपियाँ अनुदान कोल्ड स्टोर निर्माणका लागि भुक्तानी दिइसकेको छ।
सरकारी अनुदान र कम्पनीको सहलगानीमा निर्माण हुने उक्त भवनका लागि करिब दुई करोड रुपियाँको लागत अनुमान गरिएको थियो। यता कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायाले कोल्ड स्टोरमा थप लगानी गर्न कोही पनि तयार नभएको बताउनुभयो । उहाँका अनुसार लामो समयसम्म योजनाको काम रोकिएको छ । जसका कारण योजना नै विवादित बन्यो । रकम हिनामिना भएको भनेर अख्तियारमा मुद्दा नै परेकाले त्यो किनारा नलागेसम्म कुनै काम सुरु नहुने उहाँले बताउनुभयो ।
























xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













