कपिलवस्तु, चैत्र १२ गते।
पछिल्लो समय देखि स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता बैंकको शाखा मार्फत वितरण गर्दै आइरहेका थिए।जसमा बृद्ध ,अपाङ्गता र अशक्तहरुलाई निकै नै कठिनाई हुने गरेको पाइन्थ्यो तर शिवराज नगरपालिकाले अहिलेका दिनहरूमा सामाजिक सुरक्षा भत्ता बैंकको शाखा कार्यालयमा गई बुझ्नु पर्ने बाध्यतालाई हटाई शिवराजका मेयर अजय थापाले वडा कार्यालयमै बैंकिङ्ग शिविर मार्फत भत्ता वितरण गराउनु भएको छ।शिवराज नगरपालिकाले वडा न १,२,३ र ९ नम्बर वडा कार्यालयमा भत्ता वितरण गर्नुका साथै अशक्त अपाङ्गता भएका व्यक्तिहरुको घर घरमा पुगि भत्ता वितरण गर्ने गरेको छ। सामाजिक सुरक्षा भत्ता वितरण अभियानमा नगर पमुख अजय थापा , वडा अध्यक्ष ,वडा सदस्य सहितको टोलीले नगरका वडाहरुमा अशक्त अपाङ्गता भएका व्यक्तिहरुको घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। अशक्त अपाङ्गता भएका ब्यक्तिहरु गाउँ घरमै सामाजिक सुरक्षा भत्ता बुझ्न पाउँदा खुसी भएका छन। स्थानीय बासी अनुसार यदि यसरी निरिक्षण गरी घरमै भत्ता नपाएको भए हामी सवारी साधन रिर्जभ गरी बैंक धाउन पर्ने बाध्यता हुन्थ्यो तर पालिका प्रमुख सहित बैंकका टोलीले एकदमै सराहनीय कार्य गरेको छ।
तपाईको प्रतिक्रिया !