मदन राईलाई सात दिन थुनामा राख्न अनुमति
खोटाङ, वैशाख ३१ गते। शुभद्रा मदन (शुभम) फाउण्डेसनका संस्थापक/सञ्चालक मदन राईलाई थुनामा राख्न सात दिनको म्याद थप भएको छ। बाल यौन दुरुपयोग कसुरमा शनिबार पक्राउ परेका राईलाई आइतबार जिल्ला अदालत खोटाङले सात दिन थुनामा राख्न अनुमति दिएको हो।
जिल्ला अदालते म्याद थप गरेर अनुसन्धान प्रकृया अघि बढाइएको खोटाङका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिनुभयो। फाउण्डेसनका सञ्चालक राईले यौन दुव्र्यवहार गरेको भन्दै फाउण्डेसनमा बसेर अध्ययन गरिरहेकी किशोरीको उजुरी शनिबार दर्ता भएको छ। सोही आधारमा प्रहरीले शनिबार नै फाउण्डेसनबाट राईलाई पक्राउ गरेको हो।
बाल यौन दुरुपयोग कसुरमा पक्राउ परेका ७५ वर्षीय राईलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले आफूमाथि यौन दुव्र्यवहार भएको राईविरुद्ध जाहेरी दिएकी हुन्।
फाउण्डेसनका सञ्चालक राईले फाउन्डेशनमा बसिरहेका छात्रालाई यौन दुव्र्यवहार गरेको भिडियो प्रमाणसहित वैशाख २८ गते सेतोपाटी अनलाइनमा समाचार प्रकाशित भएको थियो।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













