नवलपुरकाे दाउन्नेमा बस पल्टिँदा २९ जना घाइते
नवलपरासी – पूर्व–पश्चिम राजमार्गको नवलपुर दाउन्नेमा यात्रुबस पल्टिँदा २९ जना घाइते भएका छन् । नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको घ्युखोलामा बिहान बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाण्डौका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो ।
दुर्घटनामा घाइते भएकाहरूको मध्यबिन्दु जिल्ला अस्पताल र दुम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो । घाइते सबैको अवस्था खतरामुक्त छ । बसमा ३५ जना यात्रु थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













