काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले न्यूक्यासललाई हराएको छ ।

न्यूक्यासलले खेलको २५ औँ मिनेटमा बनाएको एक गोलको अग्रतालाई उल्टाउँदै लिभरपुल २–१ ले विजयी भयो ।

न्यूक्यासलका एन्टोनी जोर्डोनले गरेको गोल जितका लागि पर्याप्त भएन ।

खेलको २८ औँ मिनेटमा नै लिभरपुल १० खेलाडीमा सिमित भएको थियो । उसका भान डायकले रातो कार्ड पाएका थिए ।

लिभरपुलले खेलको ८१ औँ मिनेटमा बराबरी गोल गरेको थियो ।

त्यसपछि इन्जुरी समायनमा डारविन नुनिजले नै थप गोल गरे ।

लिभरपुलको तीन खेलमा ७ अङ्क भएको छ । अङ्कतालिकामा लिभरपुल चौथौ स्थानमा छ ।

त्यस्तै अर्को खेलमा एस्टनभिल्ला विजयी भएको छ । एस्टन भिल्लाले बर्नलीलाई ३–१ गोलले हरायो।

उसको ३ खेलमा ६ अङ्क भएको छ । एस्टन अङ्क तालिकाको छैटौँ स्थानमा छ ।