भन्सार छलि गरि ल्याइएको पिकप सहित ५६ बोरा चिनि बरामद
नवलपरासी, असोज २० गते । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ८ भैसीं बजार नजिकबाट अबैध रुपमा ल्याइएको ५६ बोरा चिनि प्रहरीले बरामद गरेको छ । प्रहरीले अबैध चिनि सहित पिकप गाडि प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासिका प्रहरी नायब उपरिक्षक एवंम सुचना अधिकारि रोशन बोहोराले दिएको जानकारि अनुसार विहान साढे तिन वजे विषेश सुचनाको आधारमा गोबरहियाँ प्रहरी चौकिवाट खटिएको प्रहरी टोलिले उक्त गाडी र चिनि बरामद गरेकोहो ।
प्रहरीले लु ३ च ४९६६ नम्बर को पिकप गाडी र भन्सार छली गरी ल्याइएको करिब १ लाख २९ हजार ६ सय मुल्य बराबरको २७ कुन्टल चिनि र गाडी बरामद गरेको प्रहरी नायब उपरिक्षक बोहोराले बताउनुभयो । सो घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













