निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेय नेपाल एजुकेशनल अवार्ड जापान–२०२३ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन । नेपालको शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै कलेज रिडर नामक संस्थाले पाण्डेय अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।
जापानको एभरेष्ट इन्टरनेशनल स्कुलमा आयोजित एक समारोहमा जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी, पूर्व मन्त्री, संघिय सासंद तेजुलाल चौधरी कलेज रीडरका संरक्षक र प्रबन्धक जितेन्द्र घिमिरेले एक कार्यक्रमका बीच उक्त अवार्ड प्रदान गरेका हुन ।
अन्तर्राष्ट्रिय अवार्ड पाएसँगै जापानबाट प्रतिक्रिया दिंँदै पाण्डेयले भने, शैक्षिक ईतिहासमा यो अवार्ड पहिलो पटक पाउंँदा निकै उत्साहित छु र थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको छु ।
यो अर्वाड शिक्षा क्षेत्रमा अग्रस्थानमा रहेर काम गर्ने व्यक्तित्वलाई प्रदान गरिदै आएको कलेज रिडरले जनाएको छ । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै पाण्डे लाई उक्त अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ ।
पाण्डे नेपाल भारत मैत्रीसंघका केन्द्रीय सचिव, कपिलवस्तु प्रावियधिक प्रतिष्ठानका कार्यकारी निर्देशक, दैलेख टेक्निकल स्कुलका अध्यक्ष रहुनुका साथै विभिन्न एक दर्जन बढी संघसंस्थामा आबद्ध छन् ।
तपाईको प्रतिक्रिया !