कपिलवस्तु, साउन २५ गते । नागपंचमीको अवसरमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका – २ स्थित सर्पदंश उपचार केन्द्रमा सर्पको पुजा गरिएको छ । नगर प्रमुख केवश कुमार श्रेष्ठ र शमशेर दल गणका गणपति बिदुल ध्वज अधिकारीले संयुक्तरुपमा सर्पको पुजाआजा गरेका हुन ।
सो अवसरमा नगर प्रमुख श्रेष्ठले गणमा सरुवा भई आउनु भएका नव गणपति अधिकारीलाई खादा लगाएर स्वागत समेत गरेका थिए । कार्यक्रम कै बिचमा केन्द्रमा कार्यरत सेनाका प्राबिधिक टोलीलाई नगर प्रमुख श्रेष्ठले नगद सहीत पुरस्कृत समेत गरेका थिए ।
यस्तै केन्द्रमा उपचाररत बिरामीहरुलाई समेत भेटघाट समेत गरिएको थियो । नगरपालिका – ३ मोर्मी स्थित चौधरी गाउमा रहेको एक घरमा भेटिएको गोमन सर्पको उद्धार गरी जंगलमा छाडिएको केन्द्रका ब्यवस्थापक नबिन भण्डारीले बताए । सो अवसरमा बोल्दै प्रमुख श्रेष्ठले केन्द्रको स्त्तरउन्नी गरी प्रभावकारी उपचार गर्न आफुले थप पहल गर्ने बताए । केन्द्रमा उपचारका लागि आउने बिरामीहरुको बिश्वास बढेकोले यहा उपचारका लागि थप सहज बनाउने बताए ।
नेपाली सेनको प्राबिधिक टोलीले केन्द्रमा प्राबिधिक सहयोग गरेकोले यहा राम्रो उपचार सेवा हुने गरेको उनले बताए । उनले सर्पदंशबाट बच्न नागरिक आफै सचेत हुनु पर्ने र सर्पले टोकेकाहरुलाई बेलैमा उपचारका लागि स्वास्थ्य संस्थामा ल्याउनु पर्ने बताए ।
केन्द्रका ब्यवस्थापक भण्डारीले केन्द्रमा आउने बिरामीहरुलाई सहज र राम्रो उपचार सेवा दिइएको बताए । उनले केन्द्रको स्तर समेत बढाउदै लैजानु पर्ने उनले बताए ।