लुम्बिनी प्रदेशमा नेकपा (एमाले) संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन भएका छन्।

बुटवलमा शनिबार बसेको संसदीय दलको बैठकले लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो। यसअघि उनी उपनेता थिए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उपनेता आचार्यलाई मुख्यमन्त्रीमा बनाएपछि संसदीय दलका नेता लीला गिरीले राजीनामा दिएका थिए। आजको बैठकमा गिरी उपस्थित भएका थिएनन्। उनले राजीनामा दिएको एक महीनापछि आचार्य संसदीय दलको नेता बनेका हुन्।

एमाले संसदीय दलको बैठकले उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ। त्यस्तै, प्रमुख सचेतकमा तुल्सिप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई चयन गरिएको छ।