सर्पले डसेर कपिलवस्तुमा एक बालकको मृत्यु
कपिलवस्तु नगरपालिका तौलिहवाको जमुहारमा सर्पले डसेर बुटवल प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एक बालकको मृत्यु भएको छ।
गत साउन अन्तिम सातामा दुई दिनमा चार जनालाई सर्पले टोकेको थियो। त्यस मध्ये यस अघि नै एक जना बालकको मृत्यु भई सकेको छ। सर्पले टोकेका ११ वर्षीय अनमोल गुप्ताको बिहीबार मृत्यु भएको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जादिद खाँले बताए।
मृतकका दिदी १५ वर्षिया अस्मिताको भने बुटवल मै उपचार भइरहेको छ। सो सर्पले दुई दिनमा चार जनालाई टोकेको थियो। यस अघि जमुहार कै १३ वर्षीय चिराग कसौधनको मृत्यु भएको थियो। टोक्ने सर्पलाई फेला पारी तिलौराकोट साझेदारी वन क्षेत्रमा छाडिएको थियो। मृतक अनमोल तौलिहवा स्थित सन साइन बोडिङ स्कुल कक्षा ५ मा अध्ययनरत थिए।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













