जनता समाजबादी पार्टी कपिलवस्तुको अध्यक्षमा ईरफान खाँ
कपिलवस्तु, भदौं ८ गते । जनता समाजबादी पार्टी कपिलवस्तुको अध्यक्ष ईरफान खाँ बनेका छन । खाँको संयोजकत्वमा शनिवार २१ सदस्यीय जिल्ला कार्य समिति सर्व सम्मतरुपमा घोषणा गरिएको छ ।
तौलिहवामा पार्टी कार्यकर्ताहरुको भेलाले पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र यादवको अध्यक्षता र पार्टीका महासचिव तथा पुर्व मन्त्री मोहम्मद इस्तियाक राईनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो घोषणा गरिएको हो । समितको सदस्यहरुमा उदयभान यादव, कबुतारा कहार, सहाबुद्दीन मुसलमान, परशुराम यादव, ईन्द्रराम यादव, बृजराज चौधरी, बिजय सिंह चौहान, अब्दुल कलाम खाँ, सुनिता तेली र जगमोहन बरई रहेका छन ।
यस्तै नसिम पठान, ज्ञानमति भर, नारायण चौधरी, साजन ठाकुर, रिजवान खाँ, बिनय चौबे, झगरु थारु, बिसाल यादव, हेम बहादुर असलमी मगर र बिन्देश्वरी यादव सदस्य रहेका छन ।
सो अवसरमा सम्बोधन गर्दै महासचिव राईनले उपेन्द्र यादवको हैकमबादी र लोभीपापी मन भएका कारण बिगतमा पार्टी पटक पटक फुटदै आएको बताए । उनले उपेन्द्र यादव सत्ता बाहिर रहदा मात्र मधेसको हक अधिकार खोज्ने सत्तामा रहदा बिर्सने गरेको आरोप लगाए ।
उनले आफुहरु जनताको सशक्त आवाज उठाउन र नयाढंगले जानका लागि जसपाको गठन गरेको बताए । उनले पार्टीले जनतको हक अधिकारका लागि लडी रहने बताए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य नविन सुनार, मनिकर कार्की, पुर्व मन्त्री भन्डारी लाल यादव लगायतको सहभागीता थियो ।































