काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले पाकिस्तानलाई नौ विकेटले हराएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा पाकिस्तानले दिएको ८३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले एक विकेट मात्र गुमाएर ११ ओभरमा भेट्टायो ।
त्यसअघि दुबईमा टस हारेर पहिला व्याटिङ गरेको पाकिस्तान १९ ओभर पाँच बलमा ८२ रनमा अलआउट भयो । महिला टी–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुनेछन् । आज न्युजिल्यान्ड र श्रीलङ्का तथा बङ्गलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदैछ ।
प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का र न्युजिल्यान्ड छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, वेस्ट इन्डिज, बङ्गलादेश, स्कटल्यान्ड र इङ्ल्यान्ड छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
तपाईको प्रतिक्रिया !