राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक
काठमाडौँ । राप्रपा नेपालले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ।
आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
बैठकमा मुलुकको पछिल्लो समय विकसित घटनाक्रम, आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल र समीक्षा हुने बताइको छ ।
पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आह्वानलाई अत्यन्तै महत्वका साथ बैठकमा छलफल हुने समेत बताइएको छ।
पूर्वराजाको सन्देशपश्चात् पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिँदै सबै राजावादी, हिन्दुवादी र संघीयता विरोधी एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति निरन्तर दिइरहेका छन्।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













