कपिलबस्तुमा राप्रपामा ठूलो प्रवेश, विभिन्न दलका ५० जना नेता कार्यकर्ता समाहित
कपिलबस्तु क्षेत्र नम्बर १, मायादेवी गाउँपालिका–५ का एमाले जिल्ला कमिटी सदस्य तिरथ पासवानसहित विभिन्न दलका ५० जना नेता तथा कार्यकर्ता आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्।
राप्रपामा प्रवेश गर्नेहरूमा अनिल चौधरी, बृज बिलास चौधरी, राम लखन जैसवाल, पूर्व यशोधरा गाउँपालिका अध्यक्ष (जसपा) राम गोबिन्द चमार, कपिलबस्तु नगर समिति सदस्य (माओवादी) अनारुलाह मुसलमान, सोनु चौधरी (नेपाली कांग्रेस मायादेवी) लगायत रहेका छन्।
उनीहरूलाई राप्रपा जिल्ला अध्यक्ष नारायणबहादुर सिंहलगायत नेताहरूले पार्टीमा स्वागत गरेका हुन्। नवप्रवेशीहरूले देश बचाउने र बनाउने अभियानका लागि राप्रपामा लाग्न लागेको बताएका छन्।
राप्रपाले हालै संगठन विस्तारलाई तीव्रता दिँदै विभिन्न क्षेत्रबाट नयाँ सदस्यहरू भित्र्याउने अभियान चलाइरहेको छ।





















xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406







xr:d:DAFk1vqqQ7U:2,j:2874814810947651293,t:23060406













