नेपाल सुपर लिग फुटबलमा चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा
नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी चितवनलाई हराउँदै साविक विजेता ललितपुर सिटी एफसी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा ललितपुरले चितवनलाई २–१ ले हराएको हो । योसँगै चार खेल खेलेको ललितपुरको आठ अङ्क भएको छ । समान खेलबाट सात अङ्क रहेको चितवन एक स्थान तल झरेर दोस्रो स्थानमा रहेको छ ।
नेपाल सुपर लिगमा आज काठमाण्डौ रेजर्स र धनगढी खेल्दैछन् । प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर






























